दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौैं। ब्राजिल दक्षिण कोरियालाई ४-१ ले हराउँदै कतार विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
फिफा बरियताक्रममा नम्बर १ रहेको ब्राजिलले सजिलै दक्षिण कोरियालाई किनारा लगायो। ब्राजिलले मध्यान्तरअघि नै ४ गोल गरेर आफ्नो जीतलाई सुनिश्भित गरेको थियो।
ब्राजिलका तर्फबाट सातौं मिनेटमा बिनी जुनियरले गोल गर्दै गोलको खाता खोले। १३औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत् गोल गरे । यसैगरी २९औं मिनेटमा रिचार्डसनले र ३६औं मिनेटमा लुकासले गोल गरे।
मध्यान्तरपछि ब्राजिलले अनेकौ गोलको अवसर गुमाए पनि गोल गर्न सकेन। दक्षिण कोरियाका तर्रफबाट एक मात्र शान्त्वना गोल ७६ औं मिनेटमा पार्क सुङ होले गरे।
यो हारसँगै दक्षिण कोरिया कतार विश्वकपबाट बाहिरिएको छ।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर