अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट जित्यो

काठमाडौं। घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध आइतबार एक सय ५४ रनको जित निकालेको छ। यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृंखलामा १(० को अग्रता लिएको छ। दोस्रो तथा अन्तिम खेल ८ डिसेम्बरमा एडिलेडमा हुनेछ।
पर्थ स्टेडियममा जितका लागि चार सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज तीन सय ३३ रनमा समेटिएपछि अस्ट्रेलियाले जित निकालेको हो। १९२–२ को स्थितीबाट पाँचौ दिनको सुरुआत गरेको वेस्ट इन्डिजले थप एक सय ४१ रन जोड्दा बाँकी आठ विकेट गुमाएको थियो।
वेस्ट इन्डिजका लागि कप्तान क्रायग ब्रेथवेटले १३ चौकाको मद्दतमा एक सय १० रन बनाएका थिए। रोस्टन चेसले ५५ रन जोडे। त्यस्तै चन्द्रपलले ४५ र अल्जारी जोसेफले ४३ रनको योगदान दिए। अस्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक ६ विकेट लिए।
पहिलो इनिङमा अस्ट्रेलियाले ५९८–४ को बलियो स्थितिमा रह्यो। वेस्ट इन्डिज दुई यस ८३ रनमा अलआउट भएको थियो। यससँगै अस्ट्रेलियाले तीन सय १५ रनको अग्रता बनाएको थियो।
अस्ट्रेलियाले १८२–२ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो। यससँगै अस्ट्रेलियाले वेस्ट इन्डिजसामु जितका लागि चार सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले एक सय १० बलमा १३ चौका र दुई छक्का मद्दतले अविजित एक सय चार रन बनाए। त्यस्तै, डेविड वार्नरले ४८ रन बनाउँदा स्टिभ स्मिथ २० रनमा अविजित रहे। वेस्ट इन्डिजका लागि केमर रोच र रोस्टन चेसले समान एक विकेट लिए।
ताजा अपडेट
