आर्टिफिसियल इन्टेलिजेन्सले नै गर्छ हृदय रोगको भविष्यवाणी

आर्टिफिसियल इन्टेलिजेन्सले नै गर्छ हृदय रोगको भविष्यवाणी

न्युयोर्क। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हृदय रोगले हरेक वर्ष १ करोड ७९ लाख मानिसको ज्यान लिने अनुमान गरिएको छ। यस रोगको विनाशकारी नतिजाले अनुसन्धानकर्ताहरूलाई हृदय रोग र जोखिम कारकहरूको उपचार र रोकथाम गर्न प्रेरित गरेको छ।

अन्वेषकहरूले एउटै छातीको एक्स–रे प्रयोग गरेर अब एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर रोगको कारणले हृदयघात वा मस्तिष्कघातबाट मृत्यु हुने सम्भावनाको भविष्यवाणी गर्न  सिकाउने मोडेल विकास गरेका छन्।

बीजीआरडटकमका अनुसार सीएक्सआर–सीभीडी जोखिमको रूपमा चिनिने यस प्रविधिलाई अमेरिकाको राष्ट्रिय क्यान्सर संस्थानद्वारा डिजाइन गरिएको विशेष परीक्षणमा अनुसन्धान र प्रशिक्षण दिइएको छ।

यसले लगभग ११ हजार ४३० ‘आउटप्यासेन्ट’को दोस्रो स्वतन्त्र समूह पनि प्रयोग गर्‍यो, जसमध्ये सबैको छातीको क्स–रेहरू थिए, जसले उनीहरूलाई स्टेटिन थेरापीको लागि सम्भावित रूपमा योग्य बनायो।

अध्ययनको नतिजा रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको वार्षिक बैठक (आरएसएनए)मा प्रस्तुत गरिएको थियो। गहिरो सिकाइ उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एक प्रकार हो, जसलाई रोग–सम्बन्धित ढाँचाहरूको लागि एक्स–रे तस्बिर खोज्न तालिम दिन सकिन्छ।



No ads found for this position