बेल्जियम प्रशिक्षक मार्टिनेजको राजिनामा

काठमाडौं। कतार विश्वकप २०२२ मा बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन्।
४९ वर्षीय मार्टिनेजले बेल्जियम टोलीसँगै ६ वर्ष सहकार्य गरे। स्पेनिस प्रशिक्षक सन् २०१६ मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।
बिहीबार राति अहमेद बिन अलि स्टेडियममा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो। समूह ‘एफ’ मा बेल्जियम तेस्रो स्थानमा रह्यो।
सात अंकको मोरक्को समूह विजेता, पाँच अंकको क्रोएसिया उपविजेता बन्दा चार अंकको बेल्जियम र बिना अंकको क्यानाडा समूह चरणबाट माथि बढ्न सकेन।