फिफा विश्वकप : जापान विजेता स्पेन उपविजेता

काठमाडौं। जापान र स्पेन आफू अनूकुलको नतिजा निकाल्दै कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छन्। बिहीबार राति खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेको हो। यद्यपि, स्पेन पराजित बाबजुद पनि आफू अनूकुल नतिजा निस्कदा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।
जितसँगै समूह ‘इर्’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो। समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो। तीन अंकको कोस्टारिका र जापान प्रतियोगिताबाट बाहिरिएका छन्।
एसियाली मुलुक जापानको जितमा रित्सु डोन र एओ टानकाले दोस्रो हाफमा एक एक गोल गरेको थिए। स्पेनका अल्भारो मोराटाले पहिलो हाफमा गोल गरेपनि जिताउन पर्याप्त रहेछ।
अब, अन्तिम १७ मा जापानाले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।