वैदेशिक  रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको कडा निर्देशन

वैदेशिक  रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको कडा निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवसायीलाई निर्देशन दिएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन्।

मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउँने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताएका छन्।

मलेसियमा ‘फ्रि भिसा, फ्रि टिकट’ भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको जानकारी गराएका छन्। मन्त्री कुँवरले व्यवसायीलाई भने, ‘सरकारले नीति नियम बनाएको छ। फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ। तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लार्खौ रकम तिर्न बाध्य छ। यो विषयमा हामी पनि अनुगममा कडाई गछौं, तपाईहरूले पनि विशेष ध्यान दिनुहोला।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले म म भनेर लाग्नुपर्ने र सुधारको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्। उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफुहरू सधै तयार रहेको पनि जानकारी गराएका छन्।

मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिसां भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरेका छन्। मलेसियामा ‘फ्रि भिसा, फ्रि टिकट’मा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताएका छन्।

मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरूविरूद्ध कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने प्रतिवद्धता जनाएका छन्। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगिरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ।