कतार विश्वकप : ब्राजिल र स्विट्जरल्याण्ड भिड्दै

कतार विश्वकप : ब्राजिल र स्विट्जरल्याण्ड भिड्दै

काठमाडौं। आफ्नो पहिलो खेलमा सर्बियालाई २ –० ले पराजित गरेको ब्राजिल आज स्विट्जरल्याण्डसँग भिड्दा अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्ने लक्ष्य राख्नेछ।

ब्राजिल आफ्नोे स्टार खेलाडी नेमारविना मैदानमा उत्रने छ। उनी उद्घाटन खेलको समयमा चोट लागेर दुई खेलबाट बाहिरिएका छन्।

को : ब्राजिल बिरुद्द स्विट्जरल्याण्ड, समूह जी

कहाँ : स्टेडियम ९७४

कहिले : सोमबार बेलुका ७ बजे (स्थानीय समय)

फिफा वरीयता : ब्राजिल १, स्विजरल्याण्ड १५

रिचार्लिसनले दोस्रो हाफमा दुई गोल गर्दै सर्बियाविरुद्ध प्रभावशाली प्रदर्शन गरे। योसँगै सात खेलमा ब्राजिलका लागि उनको गोल संख्या ९ पुगेको छ। उनको दोस्रो गोल (एक्रोबेटिक, दायाँ खुट्टाको भली) प्रतियोगिताकै अहिलेसम्मर्क उत्कृस्ट हो।

स्विट्जरल्याण्ड सर्बियाको पहिलो हाफको रक्षात्मक प्रदर्शनबाट प्रोत्साहित हुनेछ,जसले ब्राजिललाई रोकेर राख्न सफल भयो।

ब्राजिल विश्वमा पहिलो स्थानमा छ तर कमजोर सर्बिया बिरूद्धको खेलमा सोचेजस्तो उत्साहजनक प्रर्दशन गर्न सकेन।

स्विट्जरल्याण्ड परिश्रमी र अनुशासित छ र पछिल्ला वर्षहरूमा उसलाई हराउन गाह्रो देखिएको छ। स्विट्जरल्याण्डले युरो २०२० मा फ्रान्सलाई नकआउट चरणमा पराजित गरेको थियो।

पहिलो खेलमा स्विट्जरल्याण्डले क्यामरुनलाई १–० ले हराएको थियो। लिभरपुल र बायर्न म्युनिखका पूर्वविंगर जेरदान शाकिरीको उत्कृष्ट पासमा ब्रेल एम्बोलोले खेलको एकमात्र गोल गरे।

ब्राजिल यस प्रतियोगितामा सबैका लागि मनपर्ने टिम हो, तर नेमारको रचनात्मकताविना उसले स्वीस टोलीसँग संघर्ष गर्न सक्छ। जसले भर्खरैका महिनाहरूमा स्पेन र पोर्चुगलविरुद्ध जितसहित बलियो डिफेन्स र केही प्रभावशाली नतिजाहरू आत्मसाथ गरेको छ।

चोटका कारण डानिलोले पनि ब्राजिलका लागि खेल गुमाउने छन्। ३९ वर्षीय ड्यानी आल्भेस आफ्नो स्थान लिन तयार छन्। म्यानचेस्टर युनाइटेडका फ्रेडलाई केही डिफेन्सिभ कभरका लागि ल्याइनेछ।

ब्राजिलले स्विट्जरल्याण्डसँगको पराजय रोकेमा इतिहास रच्न सक्छ। आफ्ना अघिल्ला १६ विश्वकप समूह चरणका खेलहरूमा ब्राजिलअपराजित छ। अन्तिमपटक सन् १९९८ मा नर्वेसँग पहिलो राउण्डमा ब्राजिल हारेको थियो। कुनै पनि टोलीले समूह चरणका १७ खेल लगातार जितेको छैन।

यी दुई टोली यसअघि सन् १९५० र २०१८ को विश्वकपमा भिडेका थिए र दुवै खेल बराबरीमा टुङ्गिएका थिए। यदि ब्राजिल वा स्विट्जरल्याण्ड आजको खेलमा विजयी भए अर्को राउन्डमा स्थान सुनिश्चित गर्नेछन।