सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौं। संयुक्त राष्ट्र संघको डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। सोमबार यो मिसनका लागि काठमाडौंबाट २०३ जना सैनिकहरू प्रस्थान गरेका छन्। उनीहरू राष्ट्र ध्वजाबाहक नेपाल वायुसेवा निगमको एयर बस ए-३३० बाट प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।
सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा र लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नको लागि फोर्स हेडक्वार्टर. सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) छैठौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) सातौं डफ्फा र श्री लेवल १ (+) अस्पताल (शान्ति सेना) चौथो डफ्फाको अन्तिम टोलीका २०३ जना नेपाली शान्ति सैनिकहरू सेनानी किशोर खड्काको नेतृत्वमा प्रस्थान गरेका हुन्।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत मिसनहरूमा खट्टिइँदै आइरहेका छन् । मिशनमा तैनाथ फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा, लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) दोश्रो डफ्फाको अन्तिम टोलीका २१६ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी देवेन्द्र खड्काको नेतृत्वमा आजै स्वदेश आगमन हुने कार्यक्रम रहेको समेत जानकारी गराईन्छ।