कृत्रिम सूर्यको महत्वपूर्ण काम सम्पन्न : चीन

बेइजिङ। चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ। आईटीईआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ।
आइटीइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो। बेलायत, स्विट्जरल्याण्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ।
निर्माण लागतको ४५ प्रतिशत रकम युरोपले जुटाएको छ भने बाँकी प्रत्येक देशले करिब ९ प्रतिशत जुटाएका छन्।
२२ अर्ब डलरको यो परियोजना सन् २०२५ मा सञ्चालन सुरु हुने अनुमान गरिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर