फिफा विश्वकप: फ्रान्सले गर्यो डेनमार्कलाई पराजित

फिफा विश्वकप: फ्रान्सले गर्यो डेनमार्कलाई पराजित

काठमाडौं। कतारमा जारी विश्वकप प्रतियाेगिता अन्तर्गतकाे खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेकाे छ।

शनिबार राति स्टेडियम ९७४ मा भएकाे खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गाेलकाे जित निकालेकाे हाे। फ्रान्सकाे जितमा दुबै गाेल किलियन एमबाप्पेले गरे।

खेलको ६१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए तर खेलको ६८औँ मिनेटमा डेनमार्कले गोल फर्काउँदै १–१ गोलको बराबरी बनायाे। डेनमार्कका एन्ड्रियास क्रिस्टेन्सेनले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए।

खेलको ८६औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन्।

यो जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक बनाएर विश्वकपको नकआउट चरणमा प्रवशे गरेको छ।