कतार विश्वकपमा नेपाली कलाकारको प्रस्तुति (फोटो/ भिडियोसहित)

दोहा। नेपाली कलारकारको टोलीले दोहामा चलिहरको फिफा विश्वकपमा सांगीतिक प्रस्तुति दिएको छ।
कतारमा कार्यरत नेपाली कलाकारले फिफा विश्वकपको फ्यान जोनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन्।
सनैयास्थित एसियन टाउनमा शुक्रबार नेपालकोतर्फबाट सयथरी बाजा एउटै ताल बोलको गीतमा नृत्य प्रस्तुत गरेका हुन्।
कतार सुप्रिम कमिटीसँगको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेको हो।
आप्रवासी श्रमिकलाई लक्षित गर्दै कतारले दोहालगायतका विभिन्न ठाउँहरुमा फ्यान जोनको व्यवस्था गरेको छ।
रंगशालाको टिकट नभएका नेपालीलगायतका आप्रवासी श्रमिकले फ्यान जोनबाट विश्वकपको मजा लिइरहेका छन्।
फ्यान जोनहरुमा विभिन्न देशका कलाकारहरुले सांगीतिक कार्यक्रम गरेर दर्शकलाई नचाइरहेका छन्।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर