इक्वेडरले नेदरल्याण्ड्सलाई बराबरीमा रोक्यो

इक्वेडरले नेदरल्याण्ड्सलाई बराबरीमा रोक्यो

काठमाडौं । कप्तान इकेर भेलेन्सियाको गोलका कारण इक्वेडरले कतारमा जारी विश्वकपको समूह ‘ए’ चरणको दोस्रो खेलमा बलियो आँकिएको नेदरल्याण्ड्सलाई १–१ गोलको बराबरीमा रोकेको छ। यी दुवै टोलीले अंक बाँडेपछि आयोजक कतार भने समूह चरणको एक खेल खेल्न बाँकी रहेको अवस्थामा प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणको खेलमा नेदरल्याण्ड्सविरुद्ध हुने कतारको खेल औपचारिकतामा सिमित भएको छ। यो समूहमा नेदरल्याण्ड्स र इक्वेडरले २ खेलबाट समान ४–४ अंक जोडेका छन्। शुक्रबार अघिल्लो खेलमा कतारलाई हराएको सेनेगलको ३ अंक छ। कतारले कुनै अंक जोड्न सकेको छैन।

आजको खेलमा ६ मिनेटमा कोडी याक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। तर दोस्रो हाफको खेल सुरु भएको ४ मिनेटभित्रै भेलेन्सियाले गोल गर्दै इक्वेडरलाई खेलमा फर्काएका थिए।