कतार विश्वकप : पोर्चुगलले घानालाई ३-२ ले हरायो

कतार विश्वकप : पोर्चुगलले घानालाई ३-२ ले हरायो

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह एच को खेलमा पोर्चुगलले घानालाई ३–२ ले हराएको हो । रोमाञ्चक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन । पाँच वटै गोल दोस्रो हाफमा भएको थियो । पोर्चुगलका कप्तान रोनाल्डोले खेलको ६५ औं मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि ७३ औं मिनेटमा घानाका कप्तान आन्द्रे आउले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए । तर, ७८औं मिनेटमा जोआओ फेलिक्स र ८०औँ मिनेटमा राफेल लियाओले गोल गर्दै पोर्चुगललाई ३–१ को अग्रता दिलाए । ८९ औं मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए ।

पोर्चुगलका गोलकिपर डियोगो कोस्टाले इन्जुरी समयमा ठूलो गल्ती गरे । घानाका खेलाडी विलियम्सनले उनीबाट बल खोसेपछि उनले बल छोडेका थिए तर पोर्चुगिज डिफेन्डरको चलाखिका कारण गोल गर्न सकेनन् । र पोर्चुगलले घानालाई हराउन सफल भयो ।

जितसँगै पोर्चुगल तीन अंकसहित समूह एचको शीर्ष स्थानमा पुगेको छ । योसँगै उरुग्वे र कोरिया गणतन्त्रको एक–एक अंक छ । घानाको टोली पुछारको चौथो स्थानमा छ ।