उरुग्वे र दक्षिण कोरिया गोलरहित बराबरीमा रोकिए

उरुग्वे र दक्षिण कोरिया गोलरहित बराबरीमा रोकिए

काठमाडौं । उरुग्वे र दक्षिण कोरियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा उरुग्वे र दक्षिण कोरिया गोलरहित बराबरीमा रोकिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । उरुग्वेको दुई वटा प्रहार पोस्टमा लागेर फर्किदा अङ्क बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । यस समूहको अर्को खेलमा आज राति नै पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।