पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

काबुल। अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि बन्द पाकिस्तान र अफगान सीमा खुलेको छ। बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको सीमावर्ती सहर चमनका अधिकारी शहजाद जेहरीले दुई देशबीचको सीमा खुला पुनः खोलिएको पुष्टि गरे।
‘अवरोध अन्त्य भएको छ र दुई देशबीच पैदल यात्रु र व्यापारलगायत सबै प्रयोजनका लागि आवतजावत पुनः सुरु भएको छ’, उनले भने, आइतबार पाकिस्तान र अफगान अधिकारीबीचको बैठकपछि चमन सीमा नाका पुनः खोल्ने निर्णय भएको थियो। बैठकमा अफगान अधिकारीहरूले सो घटनाप्रति खेद प्रकट गर्दै कारबाहीको आश्वासन दिएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर