म्यानमारमा ६ लाख बढि कोरोना सङ्क्रमित

याङ्गुन। म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९ प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार चार सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ। सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार चार सय १२ पुगेको छ। दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर