अस्ट्रेलियाद्वारा भारतसँग स्वतन्त्र व्यापार सम्झौता

अस्ट्रेलियाद्वारा भारतसँग स्वतन्त्र व्यापार सम्झौता

सिड्नी। अस्ट्रेलियाले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) संसदबाट पारित गरेको छ।  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एफटीए संसदबाट पारित भएको घोषणा गरेका हुन्। ‘ब्रेकिंगः हाम्रो भारतसँगको स्वतन्त्र व्यापार सम्झौता संसदबाट पारित भएको छ’ अल्बानीजले ट्वीट गरे।

अल्बानीजले अर्को वर्ष मार्चमा भारत भ्रमण गर्ने बताएको केही दिनपछि यो कुरा आएको हो। जी २० शिखर सम्मेलनको १७ औं संस्करणको छेउमा उनले यो घोषणा गरेका हुन्।

‘मैले भारतका प्रधानमन्त्री मोदीसँग पनि भेटेँ, जहाँ हामीले अष्ट्रेलिया र भारतबीचको घनिष्ठ आर्थिक सहयोग सम्झौतालाई अन्तिम रूप दिनेबारे छलफल गरेका थियौं। म मार्चमा भारत भ्रमण गर्नेछु’, अल्बानीजले भने।

गत साता अष्ट्रेलियाका व्यापार मन्त्री डन फारेलले भारतसँगको व्यापार सम्झौताले अस्ट्रेलियाली सेवा कम्पनीहरू र पेसेवरहरूलाई भारतीय बजारमा पहुँच गर्ने ठूलो अवसर प्रदान गर्ने बताएका थिए।