फिफा विश्वकपः नेदरल्याण्ड्सले सेनेगललाई हरायो

फिफा विश्वकपः नेदरल्याण्ड्सले सेनेगललाई हरायो

काठमाडौं । कतार विश्वकपको तेस्रो खेलमा नेदरल्याण्ड्सले अफ्रिकी च्याम्पियन सेनेगललाई १ ० गोल अन्तरले पराजित गरेको छ । अल थुमामा स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सका लागि कोडी जाक्पोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८४ औं मिनेटमा जाक्पोले फ्रान्की डी जोङको पासमा गोल गरेका थिए ।

यसअघि पहिलो हाफ सकिदा सम्म दुबै टोलीबाट कुनैपनि गोल हुन सकेको थिएन । समूह ए मा रहेको दुवै टोली जित्ने लक्ष्यका साथ मैदान ओर्लिएको थियो । नेदरल्यान्ड्स डिफेन्स बलियो भएको टोलीको रुपमा चिनिन्छ भने सेनेगल आक्रामक खेलका लागि चिनिन्छ । स्टार स्ट्राइकर तथा कप्तान साडियो मानेको अनुपस्थितिमा सेनेगलको आज खेलेको थियो ।

पहिलो हाफमा अफ्रिकी च्याम्पियन सेनेगलले नेदरल्याण्ड्सविरुद्ध आक्रामक सुरुआत गरेको थियो । टोलीले खेलको पहिलो मिनेटमै उत्कृष्ट मुभ गर्दै नेदरल्याण्ड्सको बक्समा गोल गर्ने प्रयास गरेको थियो । तर, त्यो गोलमा परिणत हुन सकेन । त्यसपछि सेनेगलले खेलको दोस्रो मिनेटमा कर्नर पायो । तर टोलीले त्यो अवसरको पनि सदुपयोग गर्न सकेन ।

खेलमा सेनेगलले नेदरल्याण्ड्सको टोलीलाई कडा टक्कर दिएको थियो । टोलीले ४५ प्रतिशत पोजिशन आफूसँग राखेका थियो । नेदरल्याण्ड्सको ५५ प्रतिशत पोजिशन रहेको थियो । यसै क्रममा सेनेगलले ९ र नेदरल्याण्डले ७ पटक गोलको प्रयास गरेको थियो। नेदरल्यान्ड्स गरेको प्रहारहरु प्रायजसो टारगेट भन्दा बाहिर रहेको थियो ।

नेदरल्याण्ड्स सन् २०१० को विश्वकप फाइनलमा पुग्ने टोली हो भने, सेनेगल अफ्रिकी च्याम्पियन हो ।