इण्डोनेशियाको जाभा टापुमा भूकम्प, ४६ जनाको मृत्यु

इण्डोनेशियाको जाभा टापुमा भूकम्प, ४६ जनाको मृत्यु File Photo

जकार्ता। इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन्। भैँचालाले दर्जनौँ भवन भत्काएको छ भने सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षाका निम्ति सडकमा पठाएका छन्।

भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन्। सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन्।

सम्बन्धित निकाय राहत तथा उद्धारका साथै क्षति विवरण सङ्कलन गरिरहेकाले हताहती र क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन। बृहत् जकार्तालगायत भूकम्पको धक्का महसुस गरिएका स्थानका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी विदी प्रिमधानीले बताइन्। भूकम्पको धक्का निकै शाक्तिशाली थियो। आफ्नो कार्यालय रहेको नर्वाँ तलाबाट आफू आपत्कालीन भयाङबाट सुरक्षित स्थानमा गएको उनले बताइन्।