जसले कतार विश्वकपको शुभारम्भ गरे

जसले कतार विश्वकपको शुभारम्भ गरे

दोहा। आइतबार कतार विश्वकप २०२२ को भव्य समारोहकाबीच उद्घाटन भयो।

अल बायत स्टेडियममा आइतबार साँझ कतारी संस्कृतिसहितको प्रस्तुती गरिँदै उद्घाटन गरियो। समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गरेका थिए।

त्यसअघि, हलिवुडका कलाकार मोर्गेन फ्रिम्यानले आशा, एकता र धैर्यताबारे बोलेका थिए भने कोरियन गायक जंग कुकले आफ्नो प्रस्तुति दिएका थिए।

विश्वकप उद्घाटनशत्र कार्यक्रमको शुभारम्भ आकशिय ग्रन्थपवित्र कुरआनको सुरह हुजरात आयत नम्बर १३ बाट एक अपाङ्ग कतारी युवक घानिम अल मुफ्ताहले गरेका थिए। उनको जन्म सन् २००२ मा भएको थियो। उनले त्यस्को अंग्रेजीमा अनुवाद समेत गरेका थिए।

को हुन् घामिम ?

घानिम अल मुफ्ताहलाई बाल्यकालमै यस्तो एउटा अकल्पनीय रोग लागेको थियो, जसले उनको मेरुदण्डको तल्लो भाग विकास हुन सकेन।

आमाले उनलाई कतारको स्कुलमा पढाउन खोज्दा अधिकांश स्कुलहरुले घानिमलाई भर्ना गर्न मानेन्।

धेरै प्रयासपछि उनी स्कुलमा भर्ना भए।अशक्तताको कारण अन्य बालबालिका र विद्यार्थी उनीसँग खेल्न मान्दैन थिए।

घानिम अल मुफ्ताहकोबारेमा मैले बुझे अनुसार उनी कतारका एक प्रख्यात ‘मोटिवेश्नल स्पीकर’ पनि हुन्।

कतारमा उनको घरिसा नामको आइस क्रिम कम्पनी छ। जहाँ, उनले एक सयभन्दा बढी आप्रवासी श्रमिकलाई रोजगारी दिएका छन्। उनको कम्पनीको कतारमा ६ वटा शाखा छन्।

घानिम अल मुफ्ताहले आफ्नै लगानीमा एउटा परोपकारी संस्था समेत स्थापना गरेका छन्। जसको नाम ‘अल घानिम फाउण्डेसन’ हो।

यो संस्थाले विश्वका विभिन्न देशका अशक्त व्यक्तिहरुलाई ह्विल चियर प्रदान गर्दै आएको छ। यस्तै अन्य आवश्यक सहयोग समेत उपलब्ध गराउँदछ।

उनी विश्वमा चर्चित परोपकारी संस्था कतार फाउण्डेसन अन्तर्गतका रोटा (रिच आउट टु एसिया) र कतार फाइनासियल सेन्टरको सद्भावना दूत पनि हुन्।

घानिम अल मुफ्ताहले सन् २०१७ मा हविल चियरको सहयोग बिना पवित्र तिर्थस्थल मक्का गएर उम्राह सम्पन्न गरेका थिए।

उनी बाल्य तथा बिद्यार्थी कालमा हातमा पञ्जा लगाएर फुटबल खेल्थे। अहिले पनि उनी हातको साहराले हिँडडुल गर्छन्।

उनी नियमित जिम क्लब पनि जान्छन्। फुटबलबाहेक उनी पौडी समेत खेल्दछन्। उनले २०० मिटर गहिराइमा पौडेर कृतिमान कायम गरेका छन्।

उद्घाटन समारोहमा उनले पढेको कुरआनका श्लोक नेपालीमा यस्तो छ– हे मानिसहरू १ हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि गर्‍यौं र तिमीलाई जात समुदाय र कबिलाहरू (गोत्रहरू) को रूप दियौं । ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक। वास्तवमा अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो, जो अनुचित कर्मबाट बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ।’इतिहासमै विश्वकपको उद्घाटन पवित्र कुरआनको सुन्दर श्लोकद्वारा गरियो, जसमा पूरै विश्व जगतलाई आपसी मेलमिलाप एकता,समानता,मानवता, सहिष्णुताको सन्देश सम्प्रेषण गरिएको छ।