यूएईमा ४ दिन विदा

यूएईमा ४ दिन विदा

दुबई। संयुक्त अरब इमिरेट्स ( यूएई) मा ४ दिनसम्म सार्वजानिक विदा हुने भएको छ।

राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजानिक विदा दिने यूएईको मन्त्रीपरिषद्ले घोषणा गरेको छ।

मन्त्रीपरिषद् बैठकले १ डिसेम्बर बिहीवारदेखि ३ डिसेम्बर शनिबारसम्म सार्वजानिक विदा दिने निणर्य गरेको हो।

आइतबार यूएईमा सार्वजानिक विदा हुने भएकोले लगातार ४ दिनसम्म विदा हुने भएको हो।

यूएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्छ।