३ महिनामा भित्रियो २ खर्ब ८१ अर्ब विप्रेपण

३ महिनामा भित्रियो २ खर्ब ८१ अर्ब विप्रेपण File Photo

काठमाडौँ। गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको छ। अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागिअन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा एक लाख ४७ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा ५७ हजार आठ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१९.७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १० अर्ब ४० करोड प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर७.६ प्रतिशतले घटेको थियो।