अमेरिकाले भारतका स्वास्थ्य पुर्वाधारमा १ करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने

अमेरिकाले भारतका स्वास्थ्य पुर्वाधारमा १ करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने

वासिङटन। संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ। सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको।

इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवद्र्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ।

अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा विश्वव्यापीरूपमा निम्न र मध्यम आय भउका देशमा गुणस्तरीय पूर्वाधारमा लगानी बढाउनुपर्ने तथा विश्वअर्थतन्त्रलाई पुनः गतिशील एवम् सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका छन्।

शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बिडेन, इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो, र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोेन डेयर लेनले अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, गणतन्त्र कोरिया, सेनेगल र संयुक्त अधिराज्यका मन्त्री तथा नेतासँग बेग्लाबेग्दै भेटेर साझा चासोका विश्वव्यापी मुद्दाका साथै पूर्वाधार निर्माणमा लगानी बढाउनेबारेमा विचारविमर्श गरेका थिए। ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टमार्फत लगानी गर्नेबारेमा पनि उनिहरूबीच छलफल भएको थियो।