गोरखा ग्लोबल समाजकाे अन्तर्राष्ट्रिय समितिमा २९ जना मनोनित

गोरखा ग्लोबल समाजकाे अन्तर्राष्ट्रिय समितिमा २९ जना मनोनित फाइल फोटो : गोरखामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा नवनियुक्त पदाधिकारी

काठमाडौं । गोरखा ग्लोबल समाजको अन्तर्राष्ट्रिय समितिमा  २९ जना मनोनित भएका छन्।

पहिलो कार्यसमितिकाे बैठकले रिक्त रहेका विभिन्न पदमा मनोनित गरेको अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी दिए।

बैठककले संरक्षक परिषद्को सदस्यमा थप ३ जनालाई मनोनय गरेको छ। जसमा भवन भट्ट (जापान), कुमार पन्त (जर्मनी) र ऋषि ढकाल (अमेरिका) रहेका छन्।

यसैगरी महिला संयोजक जिम्मेवारी बेलायत निवासी सुनिता सुनारलाई दिइएको छ।

यस्तै नेपाल संयोजकमा यदु लामिछानेलाई मनोनित गरिएको छ।

यस्तै बैठकले ९ जनालाई कार्यसमितिको सदस्यमा मनोनित गरेको छ।

जसमा मनोज पाण्डे (साउदी अरब), सुनिल श्रेष्ठ (कुवेत), रेजिना परिवार (बहराइन), बिनिता लामिछाने (फिनल्याण्ड), गीता दवाडी (क्यानाडा), जीवन गुरुङ (अमेरिका), कुमार बोहरा (अष्ट्रिया), सुरेश भट्ट (दक्षिण कोरिया) र रवीन गुरुङ (हङकङ) रहेका छन्।

यसैगरी १५ सदस्यीय सल्लाकार समिति समेत गठन गरिएको छ।

सल्लाकार समितिमा बिनोद पोखरेल (नेपाल), निर्मल अर्याल (फ्रान्स), डिल्ली ढकाल (अस्ट्रेलिया), डा. रोहिणी देवकोटा (अस्ट्रेलिया), डा. बसुन्धरा भट्टराई (अस्ट्रेलिया), उमेश पन्त (अस्ट्रेलिया), नारायण भट्ट (अमेरिका), डा. प्रदीप वाग्ले (अमेरिका), इन बहादुर गुरुङ (हङकङ), पितम गुरुङ (स्वीजरल्याण्ड), मोहम्मद रमजान अलि मियाँ (कतार), डा भुपालमान श्रेष्ठ (जापान), धनबहादुर गुरुङ (बेलायत), अशोक ढकाल (बेलायत) र मोदनाथ खनाल (क्यानडा) चयन भएका हुन्।

गोरखा ग्लोबल समाज विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था हो।

केही समयअघि गोरखास्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनले हङकङ निवासी ढकालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको थियो।

प्रवक्तालगायत केही पदाधिकारी अर्काे बैठकले मनोनित गर्ने अध्यक्ष ढकालको भनाइ छ।

‘अर्काे हप्तासम्म कार्यसमितिले पूर्णता पाउनेछ,’ ढकालले भने।

२०१६ मा स्थापना भएको यो संस्थाले विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा जन्माइसकेको छ।

यस्तो छ समाजको अहिलेसम्म बनेको समिति



No ads found for this position