कतार विश्वकपबारे केही रोचक पक्ष

कतार विश्वकपबारे केही रोचक पक्ष

अरब देशमा पहिलोपटक र एसियामा दोस्रोपटक आयोजना हुन लागेको संस्करण हो फिफाको २२ औं संस्कार फिफा कतार २०२२।

जसको कारण विश्वकपको २२औँ संस्करण आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश हुनेछ। हुन त एसियामा भने दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप आयोजना भएको थियो।

प्रश्न आउला विश्वकप सञ्चालनका लागि कतार किन चुनिएको हाे ?

विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा फिफामा भएको मतदानमा कतारले आयोजना गर्ने बाजी मारेको हो।

विश्वकप फुटबल सञ्चालन गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पारेको थियो।जसले गर्दा कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हुने छ।

सोही अनुरुप फुटबलको महाकुम्भ फिफा विश्वकप २० नोभेम्बर २०२२ देखि कतारको राष्ट्रिय दिवसको दिन १८ डिसेम्बरसम्म कतारमा हुँदैछ। विश्वकपका लागि आयोजक कतारसहित कुल ३२ टोलीले सहभागिता जनाउने छन् ।यो हिसाबले पनि यो संस्करण प्रत्योगिताको २२औँ संस्करण मध्यपूर्वमा पहिलो र एसियामा दोस्रोपटक हुनेछ।

फिफा विश्वकपबारे केही रोचक पक्ष यहाँ उल्लेख गर्न चाहन्छु।

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलहरू नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखको बीचमा हुने छन्।यो समयमा कतारको तापक्रम सामान्यतया २५ डिग्री सेल्सियस हुने गर्छ।

कतारले सुरुमा फाइनल खेलहरू गर्मीयाममा वातानुकूलित रङ्गशालाहरूमा खेलाउने प्रस्ताव गरेको थियो। तर, त्यो प्रस्ताव अस्वीकृत भएको थियो।

यस अर्थमा पनि यो संस्करण ऐतिहासिक हुनेछ र फिफा विश्वकप फुटबल कतार संस्करण २०२२ मध्यपूर्वस्थित यो समयमा हुन लागेको यो पहिलो पटक हो।

जुन र जुलाई महिनामा ती खेलहरू हुने भए त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्थ्यो र सम्भवत स् ५० डिग्री सेल्सियससम्म पुग्थ्यो।

जसको कारण फिफाको इतिहास मै यो पहिलो हिउँदे विश्वकप हुनेछ।आश्चर्यको अर्को विषय भनेको यहाँका सबै रंगशालामा सोलार प्यालन फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिएको छ।

उत्तरी गोलाद्र्धबाट हेर्ने हो भने २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता पहिलोपटक हिउँदे हुनेछ। विश्वकप सामान्यतया वर्षको मध्यतिर आयोजना हुन्छ। तर, कतारको सन्दर्भमा भने अपवाद बनेको छ।

मध्यपूर्वमा रहेको कतारमा कहिलेकाहीँ ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्दछ। यस्तो अवस्थामा कुनै पनि प्रकारको विश्वव्यापी कार्यक्रमको आयोजना गर्नु असम्भवजस्तै हो। कतारले विश्वकप आयोजना गर्ने जिम्मेवारी प्राप्त गरे पछि यहाँ हुने सम्भावित गर्मीकै कारण फिफा विश्वकपको क्यालेन्डर परिवर्तन गरिएको हो।

अर्को जिज्ञासा भनेको जाडोयाममा प्रतियोगिता गराउन के–के समस्या थिए ?

नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि व्यस्त महिना हुन्। यद्यपि फिफा कतारमा हुने भएपछि धेरै खेलाडीहरूलाई आ(आफ्नो देशको निम्ति खेल्न कतार बोलाइएको छ।

परिणाम स्वरूप विश्वकप फुटबल सञ्चालन हुनुभन्दा एक साताअघि इङ्ग्ल्यान्डको प्रिमियर लीग, इटलीको सिरी ए र स्पेनको ला लीग जस्ता युरोपेली लीगहरू स्थगित हुनेछन्।

ती प्रतियोगिताहरू विश्वकप फुटबल सकेपछि सञ्चालन हुनेछन्।

कतार संस्करण फिफाको हालसम्म कै महँगो विश्वकप हुनेछ।

कतार विश्वकप प्रतियोगिताको तयारीका लागि आयोजक देशले खर्च गर्ने रकम प्रतियोगिताको अर्को रोचक पाटो हो। कतारले रंगशाला, राजमार्ग, होटेल लगायतका पूर्वाधार आयोजनामा ​​२०० अर्ब डलर खर्च गरेको जनाइएको छ।फलस्वरूप यो प्रतियोगिता खेलकुदकै इतिहासमा सबैभन्दा महँगो विश्वकप हुनेछ।

यसैगरी कतारमा आयोजना हुने विश्वकप थोरै रंगशालामा खेलिने विश्वकप हुनेछ।

जसको कारण खेल आयोजना हुने रंगशालाको संख्यालाई लिएर पनि धेरै मानिस अचम्मित छन्। विश्वकप आयोजना गर्न कतारले केवल ८ अत्याधुनिक सुविधा सम्पन्न आधुनिक वातावरण मैत्री रंगशाला छुट्याएको छ।

कतारका सबै आठै रंगशालाहरु पूर्ण रूपमा वातानुकूलित छन्। जसले खेलाडीलाई पिचमा प्रदर्शन गर्न सहयोग गर्नेछ। कतार जहाँ पहिलोपटक पूर्ण वातानुकूलित रंगशालामा फिफा विश्वकप आयोजना गर्न लागिएको हो।

प्रतियोगिता आयोजना गर्नका लागि छनोट गरिएका सबै आठ स्थान (रंगशाला) मध्ये सबै रंगशालाहरु पूर्ण रूपमा पुनर्निर्माण भइसकेका छन्। तीमध्ये एउटा रंगशाला जसलाई थुमामा (तुमामा) नाम दिइएको छ। यो मध्यपूर्वी परम्परागत टोपीको शैलीमा निर्माण गरिएको छ।

रंगशालाको डिजाइन ‘गहफिया’ बाट प्रेरित छ। त्यो भनेको अरबी पुरुषहरुले लगाउने एक परम्परागत टोपी हो जसलाई गत्रा र सौबमा प्रयोग गरिन्छ।

यो पहिलो विश्वकप स्थल हो जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन्।

यस रंगशालाको पनि आधा सिट निकालेर विकासशील देशलाई दान दिइनेछ। थुमामा यरियामै रहेको यस रंगशाला क्षेत्रमा आकर्षक मस्जिद र होटलहरु स्थापना गरिएका छन्।

एउटा रंगशाला भने समुद्री जहाजमा सामान ढुवानी गर्ने कन्टेनरहरुबाट निर्मित छ। पहिलोपल्ट विश्वकपका लागि ९७४ कन्टेनरको प्रयोग गरी निर्माण गरिएको प्रतिष्ठित रंगशाला हो– स्टेडियम ९७४। यो रंगशालामा प्रयोग भएका सबै सामाग्रीहरु विश्वकप सकिएसँगै पूर्ण नष्ट गरिनेछ। स्मरण रहोस् अंक ९७४ कतारको अन्तर्राष्ट्रिय कलिङ कोर्ड पनि हो।

यो रंगशालाबाट दोहा कर्नेश र पश्चिमी किनाराको क्षितिज देख्न सकिन्छ। सकेसम्म कम सामग्री प्रयोग गरी निर्माण गरेर कतारले कार्वन उत्सर्जन कमीका लागि सकारात्मक सन्देशसमेत दिएको छ।

यसैगरी अर्को एउटा रंगशाला योनी आकारको बनाइएको भन्दै सामान्य आलोचना पनि कतारले खेप्नु परेको थियोे। यद्यपि यसको डिजाइन तटीय शहरको समुद्री विरासतलाई आधार मानेर गरिएको हो ।रंगशालाको छानो स्वचालित हुनेछ।

आवश्यक समयमा बन्द गरेर खेल खेलाउन मिल्ने गरी बनाइएको छ। अत्याधुनिक चिस्यान प्रणालीको जडानसँगै यहाँ चर्को गर्मीमा पनि आरामदायी रुपमा फुटबल खेल्न र हेर्न सकिने बताइन्छ।

निर्माण जगतकै उच्च प्रविधि प्रयोग गरेर बनाइएको अल जुनुब रंगशाला खेल इतिहास कै उदाहरणीय नमूनाको रुपमा रहेको छ।यसको दर्शक क्षमता चाहिँ ४०००० चालीस हजार रहेको छ।

लुसेल रंगशालाजस्तै विश्वकप सकिएपछि यो रंगशालाको पनि २० हजार सिट कटौती गरिनेछ।

अज जुनुब रंगशाला ब्रिटिस–इराकी वास्तुकार स्वर्गीय डेम जाहा हदिदले गरेकी हुन्। सन् २०१६ मा हृदयघातका कारण ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । पहिलोपल्ट यो रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक भएलगत्तै भाइरल भएको थियो।

अर्को महत्त्वपूर्ण बिषय भनेको कतारमा आयोजना हुने बिश्वकपमा यात्रा निकै सहज हुनेछ। जसका निम्ति कतारले सार्वजनिक यातायात देखि मेट्रो र ट्राम अनि राष्ट्रिय ध्वजाबाहक विमान सेवा कतार एयरवेजलाई निकै चुस्त दुरुस्त राख्दै सेवामा खटाउने व्यवस्था मिलाएको छ।

कतार आफैँमा सानो देश हो। सन् २०१८ को विश्वकप आयोजक रुसको तुलनामा त यो भौगोलिक रूपमा झनै सानो देश हो। भौगोलिक रूपमा सानो भएकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न कुनै समस्या देखिँदैन।

दोहा, लुसैल, अल वक्राह अल रैयानजस्ता खेल आयोजना हुने महत्वपूर्ण सहरहरु निकै नजिकको दूरीमा अवस्थित छन्। तसर्थ, एक स्थानबाट अर्को स्थानमा पुग्दा यात्रु र दशर्कले ठूलो समस्या सामना गर्नुपर्नेछैन। सबैभन्दा टाढा भनिएका दुई रंगशाला अल बैत जहाँ उद्घाटन समारोह र पहिलो खेल हुनेछ।

अल बैतको संरचना परम्परागत अरव शैलीलाई प्रतिनिधित्व गर्ने गरी डिजाइज गरिएको छ।

यो रंगशाला अरब टेन्टजस्तै देखिन्छ जसलाई स्थानीय भाषामा बैत अल सार भनिन्छ। कतारको तापक्रम नोभेम्बरमा पनि २५ डिग्रीभन्दा माथि रहेमा गर्मीबाट जोगिनका लागि यो रंगशालामा छ्त पनि लगाइएको छ।

यो दोहाबाट सबैभन्दा टाढा रहेको रंगशाला हो। तर, रंगशाला परिषरमै अवस्थित पाँचतारे होटल र सपिङ सेन्टरका कारण यहाँ पुग्ने समर्थक मोहित हुनेछन्।

अर्को भनेको दक्षिणी शहर अल वक्राह ९० माइल्सको दूरीमा रहेका छन्। अन्तिम फाइनल खेल चाहिँ दोहाको उत्तरम रहेको आधुनिक सहरमा अवस्थित लुसैलको लुसैल अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।

यस रंगशालामा ८० हजार दर्शक क्षमताको रहेको छ।

लुसेल सिटीमा निर्माण सम्पन्न यो रंगशाला निकै उच्च प्रविधिको प्रयोग गरेर निर्माण गरिएको छ। यो लुसैल अन्तर्राष्ट्रिय रंगशाला कतारको राजधानी दोहाबाट करिब १५ किमी टाढा रहेको छ।

प्रतियोगिता एक महिनासम्म चल्नेछ। कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला सोही स्वरुपमा दीर्घकालसम्म राख्ने छैन। कतारी फुटबलको घरका रुपमा एउटा रंगशाला सुरक्षित हुनेछ। एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ भने बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ।

दोहाको पश्चिममा रहेको अर्को महत्त्वपूर्ण रंगशालाको रूपमा एजुकेसन सिटी रंगशाला छ। यसको हाल सम्मको दर्शक क्षमता : ४० हजार रहेको छ। यो कतारको राजधानी शहर दोहा सिटीबाट ७ माइलको दूरीमा रहेको छ।

एजुकेसन सिटी रंगशाला नाम दिइएको यो दोहाको केन्द्रबाट ठीक बाहिर संसारभर चर्चित कतार फाउण्डेसनको एजुसिटीको हाताभित्र छ। क्वाटरफाइनलसम्मका खेलको आतिथ्य यो रंगशालाले गर्नेछ। एजुकेसन सिटी रंगशाला विश्वकपपछि कतारको राष्ट्रिय महिला टिमको घरेलु मैदान हुने बताइएको छ।

यस रंगशालालाई हिराको आकारमा डिजाइन गरिएको छ। त्यसैले यसलाई ‘मरुभूमिको हिरा’ उपनाम दिइएको छ। किनभने यसलाई दिनमा टल्किने र रातमा चम्किने गरी निर्माण गरिएको छ।

यस नजिकै अर्को रंगशाला पनि रहेको छ।यस रंगशालाको नाम पहिला अल रैयान थियोे।अब भने केही पुनर्निर्माण पश्चात यसलाई अहमद बिन अली (कतारका पुर्व अमीर)  रंगशाला नामाकरण गरिएको छ। यसको दर्शक क्षमता पनि ४० चालीस हजार रहेको छ।यो दोहाबाट १४ माईलको दूरीमा अवस्थित छ।

मैले माथि उल्लेख गरे जस्तै यस परिवर्तित र पुनर्निर्मित रंगशालाको नाम सुरुमा अल रेयान राखिएको थियो। तर, पछि परिवर्तन गरी अहमद विन अली राखियो। प्रीक्वाटरफाइनल चरणसम्मको खेलको आतिथ्य गर्ने यो रंगशाला कतारी संस्कृतिको प्रतिबिम्व नै हो ।

यस रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौशलको प्रयोग गरिएको छ। जसले देशको प्रारम्भिक इतिहासदेखि व्यपारीकरणसमेत झल्काउँछ।

यो रंगशाला मरुमूभिबाट निकै नजिक छ। त्यसैले रंगशालाको बाहिरी क्षेत्र र व्यापारिक स्टलहरु मरुभूमिकै शैलीको बनाइएको छ।

यो निर्माण भए यता नै देशको राष्ट्रिय रंगशालाका रुपमा रहेको छ। विश्वकपको आतिथ्य गर्नका लागि यहाँ पनि ठूलो मात्रामा पुनर्निर्माण गरिएको छ।

कतारमा खेलप्रेमीहरु निम्ति अर्को आकर्षकको केन्द्रको रुपमा रहेको खलीफा अन्तर्राष्ट्रिय रंगशाला हो। यो एकमात्र रंगशाला हो,जुन कतारले विश्वकप आयोजना अधिकार पाउनुअघि नै निर्माण भइसकेको थियो। यसको निर्माण सन् १९७६ मा गरिएको हो। यहाँ गत वर्ष ४० हजार दर्शकको उपस्थितिमा सर्वाधिक अमीरी कपको फाइनल खेल सम्पन्न भएको थियो ।

यहाँ यसअघि एसियाली खेलकुद २००६, खाडी कप र एएफसी एसियन कपको आयोजना भइसकेको छ। सन् २०१९ मा यहाँ विश्व एथलेटिक्स च्याम्पियनसिपको सफल आयोजना भएको थियो।

सन् २००९ मा यो रंगशालामा ब्राजिल र इंग्ल्याण्डबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । सन् २०१९ मा यही रंगशालामा लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको थियो।

( मैले देखेको कतार पुस्तकका लेखक मियाँ राष्ट्रिय मानव अधिकार आयोग कतारमा आवद्ध छन्।)