अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टी

वासिङटन। अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ। योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ।
नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ। सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन भने रिपब्लिकनका ४९ जनामात्र छन्।
प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको। यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ। पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर