डोटीका भूकम्प पीडितलाई एनआरएनएले ५ लाख सहयोग गर्ने

काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्प पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन्।
२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ। ती मध्ये १४ घर पूर्ण क्षति भएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर