उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सोल। उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ।
यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।
उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले जानकारी दिएको छ।
यस क्षेप्यात्र प्रहारको जापानले पनि पुष्टि गरेको छ। जापान सरकारले ट्विट गर्दै प्योङयाङले “संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र” प्रक्षेपण गरेको जनाएको छ।
यस महिनाको सुरुमा पनि उत्तर कोरियाले एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित प्रहार गरेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर