द्विपक्षीय सहयोग बढाउन कम्बोडिया र भियतनामबीच एघार दस्तावेजमा हस्ताक्षर

द्विपक्षीय सहयोग बढाउन कम्बोडिया र भियतनामबीच एघार दस्तावेजमा हस्ताक्षर

नोमपेन। कम्बोडिया र भियतनामले पारस्परिक सम्बन्ध र सहयोगलाई थप सघन तुल्याउन एघार वटा दस्तावेजमा हस्ताक्षर गरेका छन्।

कम्बोडियाको भ्रमणमा रहेका भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन र कम्बोडियाका प्रधानमन्त्री सम्देच टेकोबीच हुन सेन शान्ति दरबारमा भएको भेटवार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले ती दस्तावेजमा हस्ताक्षर गरेका हुन सेनका निजी सहायक इआङ सोफालेथले बताएका छन्।

सीमापार यातायात, कृषि, सीमावर्ती व्यापार प्रवद्र्धन, सञ्चार, सूचना तथा सञ्चार प्रविधि, धर्म, श्रम, बैंकिङलगायत क्षेत्रमा द्विपक्षीय सहयोग समेटिएको उनले बताए। भेटवार्ताका क्रममा दुई नेताबीच द्विपक्षीय सहयोगका साथै साझा चासो र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो। भियतनामी प्रधानमन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा आजै यहाँ आइपुगेका हुन।