भारतले दियो नेपाललाई निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी

भारतले दियो नेपाललाई निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी

काठमाडौं। भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ। नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन्।

भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

Avatar