छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइँदै

जनकपुरधाम। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइँदैछ। अहिले केहीबरेपछि ब्रतालुहरू छठको घाटमा पुगेर सन्ध्याकालीन अघ्र्य दिनेछन्।
छठ पर्वका लागि जनकपुरका सरोबरहरू सजिएका छन्। छठको पूजा सामग्रीले पोखरीका घाटहरू भरिभराउ छ।
पोखरीका घाटहरू पन्डाल र झिलिमिली बत्तीले सजिएका छन्। साँझ पूजा हुने छठका लागि ब्रतालुका दर्शनार्थीहरू पोखरीको घाटमा पुग्ने क्रम सुरू भइसकेको छ।
जनकपुरको गंगा सागर, धनुष सागर, अङ्गराजसर, अग्निकुन्ड, बिहार कुन्डलगायतका दर्जनौं पोखरीमा छठ पर्व धुमधामका साथ मनाइन्छ।
केही वर्षअघिसम्म तराई–मधेसमा मात्र मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरूमा समेत लोकप्रिय हुँदै गएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर