चार दिनसम्म मनाइने छठ पर्व आजदेखि सुरू

काठमाडौं। तराई–मधेसको सबैभन्दा ठूलो पर्व छठ आजदेखि विधिवित रूपमा सुरू भएको छ। चार दिनसम्म मनाइने छठ पर्व आजदेखि सुरू भएको हो।
छठको पहिलो दिन आज जीउ शुुद्ध गर्न नुहाउने दिन जसलाई ‘नहाय–खाए’ भनिन्छ। छठ ब्रतालुहरू शरीरलाई शुद्ध पारेर पूजा सामग्री तयार पार्ने काममा जुट्छन्।
छठका ब्रताुलहरू ‘अरबा अरबाइन’ (चोखो खाने) कुरा खान्छन्। आजको दिन छठ पर्वको सुरूवातको दिनको रूपमा रहेको छ।
छठको मुख्य विधि ‘खरना’ भने शनिबारदेखि सुरू हुनेछ। ब्रतालुहरू दिनभर उपवास बसी रातिमा गुँडको खीर तयार पारेर देउतालाई प्रसादको रूपमा चढाउने गर्छन्।
‘खरना’ पूजाको प्रसाद ग्रहणपश्चात ब्रतालुहरू उदाउँदो सूर्यको अघ्र्य नदिउन्जेलसम्म उपवास बस्नुपर्ने हुन्छ।
छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पूजा गरिनेछ।
त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइनेछ। उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि ब्रतालुहरू प्रसाद ग्रहण गरी उपवास तोड्ने छन्।
छठका लागि छठको घाटलाई सरसजावट गर्न स्थानीयहरू जुटेका छन्। पोखरी, नदीलगायतका स्थानलाई सजाउन स्थानीयहरू जुटेका छन्।
ताजा अपडेट
