सत्ता गठबन्धनले चुनाव जित्न पैसाको खोलो बगायो : ओली

सत्ता गठबन्धनले चुनाव जित्न पैसाको खोलो बगायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्न सत्ता गठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाएका छन्।

शनिबार एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले चुनाव जितेर सत्तामा पुग्न गठबन्धनले पैसाको खोला बगाएको बताएका हुन्।

सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देश बेच्न पनि तयार रहेको उनले बताए।

‘सत्ता गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित छ, चुनाव जित्न पैसाको खोलो बगाएका छन्। सत्ता स्वार्थका लागि देश बेच्न पनि तयार हुनेछन्,’ ओलीले भने।

उनले मतदातालाई भोट खसाउन नदिनेलगायतका षडयन्त्र भइरहेको जिकिर गर्दै देशलाई भीडन्ततर्फ लग्ने प्रयास भइरहेको उल्लेख गरे।

वर्तमान सरकारका कारण मुलुकमा महँगी, भ्रष्टाचार, अनियमितता बढेको उनले दाबी गरे।

भुटानी शरणार्थीसँग लाखौं रूपैयाँ लिएर विदेश उडाउने धन्धासमेत भइरहेको ओलीले दाबी गरे।

 



No ads found for this position