गोरखा ग्लोबल समाजको अधिवेशनमा प्रचण्ड प्रमुख अतिथि

काठमाडौं।विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था गोरखा ग्लोबल समाजको तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशन २१ अक्टोबरमा हुँदैछ।
गोरखाको मिराकल होटलमा आयोजित अधिवेशनमा २ दर्जनभन्दा बढी देशका प्रतिनिधि सहभागि हुँदैछन्।
संस्थाका उपाध्यक्ष गोकर्ण प्रसाद ढकालका अनुसार अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्दैछन्।
यस्तै विभिन्न राजनैतिक दललगायत गैरआवासीय नेपाली संघ (एनआरएनए) का विशिष्ट प्रतिनिधि पनि कार्यक्रमको उद्घाटन शत्रमा सहभागि हुँदैछन्।
अधिवेशनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर