नेपाल–चीन सीमा नजिक ५.९ म्याग्निच्युडको भूकम्प

नेपाल–चीन सीमा नजिक ५.९ म्याग्निच्युडको भूकम्प File Photo
 काठमाडौं। काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सिन्धुपाल्चोकको सीमा  क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ।

सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो।



No ads found for this position