यात्रुले विमान परिचरको औँला टोकिदिए

एजेन्सी,जाकार्ता। एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ। उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो। सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए।
जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई मलेसियाको क्वालालम्पुर डाइभर्ट गरेर कउलानामु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। एक्सप्रेसका अनुसार मादक पदार्थ सेवन गरेका ती यात्रुले परिचरको औंला टोकेका थिए। उनलाई उडान परिचारकहरूले आफूलाई शान्त पार्न चेतावनी दिएका थिए। तर, उनले बोर्डमा रहेका स्टाफका एक सदस्यको औंला टोकिदिएका थिए। यसैबीच, कर्मचारीको कार्य कुनै पनि हिसाबले कम्पनीको मूल्य प्रतिबिम्बित नगर्ने टर्किस एयरलाइन्सले जनाएको छ।

ताजा अपडेट