टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु
एजेन्सी,तेहरान। टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ। टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन्।
विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ। उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन्।
‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने। विस्फोटबारे अनुसन्धान भइरहेको छ।
ताजा अपडेट
प्रवास खबर
रानीपोखरीमा टीका लगाउनेहरुकाे भीड
प्रवास खबर
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
प्रवास खबर
आज भाइटीका, कति बजे छ टिकाको उत्तम साइत ?
प्रवास खबर
यमपञ्चक चौथो दिन : गाई पूजा गरिँदै
प्रवास खबर