परराष्ट्रमन्त्री र स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

परराष्ट्रमन्त्री र स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

काठमाडौं। विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरेकी छन्।

भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो।

बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो।