न्युयोर्कमा नेपाल-अमेरिकन म्युजिक फेस्टिभल

न्युयोर्कमा नेपाल-अमेरिकन म्युजिक फेस्टिभल

काठमाडौं। अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना गरिएको छ। बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्युयोर्कका रियल स्टेट सेल्स म्यान नवराज केसीले पहिलोपटक खुला स्थानमा यो फेस्टिभल आयोजना गरेका हुन्।

न्युयोर्ककका मेयर एरिक एडम्सको उपस्थितिमा भएको कार्यक्रममा करिब ४ हजार दर्शकको उपस्थिति थियो। कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

मेयर एरिकले नेपाली सङ्गीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए। मेयर एरिकले कार्यक्रममा गायिका सपनाश्री, फिरोज स्याङदेन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई अवार्ड प्रदान गरेका थिए।

सुरज सिंहले सञ्चालन गरेको कार्यक्रममा फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेशकिशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र सञ्जोक योञ्जनले गीत गाउँदा कविना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बनसन्त डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा डीजे जाङ्गोले पनि दर्शक झुमाएका थिए।

कार्यक्रममा पर्यटन दूत प्रदीप श्रेष्ठ, केशवराम राई, क्विन्सका एसेम्बली म्यान स्टिभन रागा र फिप्नाका अध्यक्ष राजकुमार बिष्टको उपस्थिति थियो। आयोजकमध्येका नवराजले न्युयोर्कको क्विन्समा बसोबास गर्ने विदेशीलाई नेपाली सङ्गीत र संस्कृतिको परिचय गराउनु रहेको बताए। उनले फेस्टिभललाई डाइभर्सिटी प्लाजा, क्विन्समा वार्षिक कार्यक्रम बनाउने र अमेरिकामा नेपाली सङ्गीत र संस्कृतिको प्रवद्र्धन गर्ने खुलाए।



No ads found for this position