स्रोत नखुलेको १० लाखबढि रकम सहित एकजना विमानस्थलबाट पक्राउ

स्रोत नखुलेको १० लाखबढि रकम सहित एकजना विमानस्थलबाट पक्राउ File Photo

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।