इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

बग्दाद। इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन। संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएका सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो।
देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ। नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन। रशिदले उनलाई नै पराजित गरेका हुन।
मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए। नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो।
अहिले ७८ वर्ष उमेर पुगेका रशिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री भएका थिए।
ताजा अपडेट
