गृहमन्त्रीले रास्ट्रपतिको टिप्पणी गर्नु लज्जास्पद : केपी ओलि

गृहमन्त्रीले रास्ट्रपतिको टिप्पणी गर्नु लज्जास्पद : केपी ओलि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि गृहमन्त्री बालकृष्ण खाँडसँग कड्किएका छन्।

गृहमन्त्री खाँडले रास्ट्रपति विधादेवी भण्डारीको अपमान गरेको भन्दै ओलि कड्किएका हुन्।

मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिकोत्सवमा बोल्दै गृहमन्त्री खाँडले संसदका दुवै सदनले पास गरेको नागरिकता विधेयक रास्ट्रपतिले रोकेको भन्दै टिप्पणी गरेका थिए।

बुधबार वार्षिकोत्सवको समापन समारोहमा बोल्दै ओलिले गृहमन्त्री खाँडले रास्ट्रपतिको सम्बन्धमा मंचको दुरुपयोग गरेको आरोप लगाए।

प्रतिवाद नगर्ने संस्थाको सम्बन्धमा सावर्जनिक रुपमा टिप्पणी गरेको ओलिले आरोप लगाए।

´यो लज्जाको विषय हो,’ उनले भने,`यसमा खासमा प्रधानमन्त्रीले राजीनामा मागिसक्थे।’

गैरआवासीय नेपाली समक्ष आएर राजनीति गर्न जरुरी नभएको ओलिको भनाइ छ।