विमानस्थलबाटै सन्दीपले गरे आत्मसमर्पण

काठमाडौं। नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। कतार एयरबाट आज बिहान फर्किएका उनले त्रिभुवन विमानस्थलमै प्रहरीसमक्ष आफूलाई बुझाएका हुन्।
यसअघि उनले सामाजिक सञ्जालमा आज बिहान १० बजे कतार एयरबाट नेपाल आइपुग्ने र प्रहरीसमक्ष आफूलाई बुझाउने बताएका थिए।
त्यसका लागि विमानस्थलमा प्रहरी पनि तैनाथ थियो। तर मौसम खराबीका कारण कतार एयर अवतरण हुन नसकेपछि केहीबेर आकाशमा फन्को लगाएको थियो।
सन्दीपले होटलमा लगेर आफ्नो बलात्कार गरेको आरोप लगाउँदै १७ वर्षीया एक नाबालिगले प्रहरी वृत्त गौशालामा भदौ २१ गते किटानी जाहेरी दिएका थिइन्।
ती नाबालिगले दिएको जाहेरीअनुसार सन्दीपले पिङ्गलास्थानको होटल ‘काठमाडौं इन’ मा लगेर भदौ ५ गते राति बलात्कार गरेका थिए।
घटना भएको भनिएको भोलिपल्ट भदौ ६ गते टि–२० श्रृंखला खेल्न सन्दीप केन्या उडेका थिए।
त्यसपछि उनी क्यारेबियन लिग खे ल्नजमैका पुगेको बेला उनीविरूद्ध काठमाडौंमा किटानी जाहेरी परेको थियो।
ताजा अपडेट
