नेपालमा डेंगुः बिरामीको संख्या ३० हजारबढि,३९ जनाको मृत्यु

नेपालमा डेंगुः बिरामीको संख्या ३० हजारबढि,३९ जनाको मृत्यु

काठमाडौं। नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो। हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो। दशैंको मुखमा डेंगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ।

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।