असोज २० गते सन्दीप नेपाल फर्कने

असोज २० गते सन्दीप नेपाल फर्कने File Photo

काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोजं) मा नेपाल फर्कने बताएका छन्।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ। यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए।

त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन्। यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन्।