हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

एजेन्सी,इस्लामाबाद। दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ। एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो।

अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो।

‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो। दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन्। दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन्। हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन।

अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो।