विश्वकपका बेला कतारमा नेपालीले के–के कुरामा ध्यान दिने ?

विश्वकपका बेला कतारमा नेपालीले के–के कुरामा ध्यान दिने ?

दोहा । कतारमा यही नोभेम्बरदेखि विश्वकप फुटवल प्रतियोगिता हुँदैछ।

अहिले साढे ३ लाखभन्दा बढी नेपालीले कतारमा रोजगारी गरिरहेका छन्।

कतारले विश्वकपका बेला अपनाउनुपर्ने सावधानीका विषयमा यहाँ रहेका नेपालीलाई जानकारी गराएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा यहाँको नगरपाललिका मन्त्रालयले नेपाली समुदायलाई लक्षित गर्दै सचेताना कार्यक्रम गरेको हो।

नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवि, पत्रकारलगायत सयौं नेपालीकाबीच मन्त्रालयले छलफल तथा अन्तरक्रिया गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्द मुक्तादाले बताए।

कार्यक्रममा मन्त्रालयका पदाधिकारीले विश्वकपका बेला तोकिएको क्षेत्रमा मात्र पार्किङ गर्न नेपाली समुदायलाई आग्रह गरेका छन्। यस्तै ठूला गाडीहरु, सपिङ मल तथा दोहा सिटीमा ल्याउन पाइनेछैन।

यस्तै लुगा-कपडाहरु धोएर बाहिर सुकाउन पाइनेछैन।

यसैगरी पुराना फ्याक्नुपर्ने सोफासेट, बेड विस्तारा, कार्पेटलगायतका सामाग्री बाहिर नफाल्न आग्रह गरेको छ। त्यस्ता सामाग्री सिधै नगरपालिकाको १८४ नम्बरमा सम्पर्क गरेर विर्सजन गर्न मन्त्रालयले अनुरोध गरेको छ।

त्यसैगरी ठूला कार्गो, सामान बोक्ने गाडीहरुले राम्रोसँग बेल्ट बाधेर सुरक्षित तरिकारले एक ठाउँबाट अर्काे ठाउँ लैजानु पर्नेछ।

त्यसैगरी पार्क, सार्वजानिक क्षेत्रलगायतमा पार्टी सेमिनार गरेर फोहोर गर्न पाइनेछैन।

मन्त्रालयले जारी गरेका नियम उल्घंन गरेको पाइएमा १० हजार कतारी रियाल जरिवना लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो।