बेलायतको प्रथामिकतामा नेपाली दक्ष नर्स 

बेलायतको प्रथामिकतामा नेपाली दक्ष नर्स 

काठमाडौं। बेलायतले आफ्नो देशको स्वास्थ्य क्षेत्रमा दक्ष नेपाली नर्सलाई रोजगारीको अवसर दिने बताएको छ।

बेलायले नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य क्षेत्रमा रोजगारी दिने नेपाल सरकारसँग सम्झौता गरिसकेको छ। सोही सम्झौता अनुरुप नै दक्ष नर्सलाई प्रथामिकता दिइने बेलायतको तयारी छ।

बिहीबार राजधानीमा आयोजित ‘नेपाली नर्सलाई बेलायतमा अवसर’ विशेष कार्यक्रममा बोल्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले दक्ष नर्सहरुलाई उचित सेवा सुविधासहित स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर दिइने बताइन्।

‘बेलायतको अपेक्षा भनेको दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरुन् भन्ने हो। त्यसैले नेपाली नर्सहरुलाई अवसर दिएका हौं,’ उनले भनिन्।

नेपाली नर्सहरुले बेलायतमा काम गर्दा त्यहाँको स्वास्थ्य क्षेत्र गुणात्मक हुने विश्वास उनको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डा.थानेश्वर भूसालले

बेलायतको स्वास्थ्य क्षेत्रमा जाने नेपाली नर्सहरुको लागत शून्य रहेको बताए।

‘नर्सहरुको लागि बेलायत जाने सम्पूर्ण प्रक्रियाका लागि रकम लाग्दैन ,’ उप–सचिव भूसालको भनाइ छ, ‘तर, अंग्रेजी भाषा परिक्षा दिनुपर्ने लगायतका प्रक्रिया भने पूरा गर्नुपर्छ।’

उनले मन्त्रालय तथा विभागको वेबसाइटमा यसविषयमा आवश्यक जिानकारी राखिने बताउँदै त्यहाँ हेर्न आग्रह समेत गरे।

नेपाली नर्सहरु बेलायतको रोजगारीमा आर्कषक रहेको उनले बताए।

नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौता अनुरुप बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने छन्।

मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता भएपछि मात्रै बेलायतको कानुनअनुरुप उक्त तलब सुविधा नेपाली नर्सले पाउने छन्।

यस्तै बेलायतमा काम गरेर फर्केका नर्सले नेपाल फर्किएपछि यहाँको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउन सक्ने उनले बताइन्।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरु भर्ना प्रक्रियामा सहभागी हुने पाउने छन्।

यस्तै भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएस्सी नर्सिङ, एमएन सहभागी हुन पाउने छन्। अंग्रेजी भाषा जानेकाे हुनेपर्ने, अंग्रेजी शिक्षा आइएलटीएसमा करिव सात अंक र ओइटीमा बी’ अंक ल्याउनु पर्ने  लगायतका प्रावधान छन्।

अहिले बेलायत जान चाहने नर्सहरु परिक्षामा सहभागी भइरहेका छन्।