कुवेतको ‘आइकोनिक टावर’मा फहराइयो नेपालको राष्ट्रिय झण्डा

कुवेतको ‘आइकोनिक टावर’मा फहराइयो नेपालको राष्ट्रिय झण्डा

कुवेत सिटी। संविधान दिवसको अवसरमा कुवेतको ‘आइकोनिक टावर’मा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध गाँसिएको ५० वर्ष पूरा भइसकेको छ।

५० औं वार्षिकोत्सवको उपल्क्षयमा संविधान दिवसको अवसर पारेर सोमबार कुवेतको प्रसिद्ध टावरमा नेपाली राष्ट्रिय झण्डा प्रर्दशनी गरिएको नेपाली दूतावासले जनाएको छ।

दूतावासले कुवेतकोे परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर दुई देशका राष्ट्रिय झण्डा विध्युतीय माध्यमबाट फहराएको हो।

यसले नेपाल र कुवेतबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने दूतावासको विश्वास छ।

भिडियो