एनआरएनएका पूर्व अध्यक्ष लामिछानेलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ विभूषण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा व्यवसायी जीवनाथ (जीवा) लामिछाने कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित हुने भएका छन्।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लामिछानेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ) पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन्।
लामिछानेले सन् २०११ देखि ०१३ सम्म एनआरएनएको नेतृत्व सम्हालेका थिए। साहित्यमा समेत रुचि भएका लामिछाने ‘सर्सर्ती संसार’, ‘देशदेशावर’लगायतका चर्चित कितावका लेखक हुन्।
लामिछानेको नेपालमा बैंक, ऊर्जा तथा हस्पिटालिटीलगायत विभिन्न क्षेत्रमा लगानी छ।
यो पनि पढ्नुहोस्
ताजा अपडेट

प्रवास खबर
नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

प्रवास खबर